• धर्म-संस्कृति

    अनुशासन, नियम, समर्पणः कुनै पनि काममा हामीलाई विज्ञ बनाउने तीन मन्त्र

      ओमकार टाईम्स

    महाभारतमा एकलव्यको कथाले हामीलाई अनुशासनको महत्व बुझाउँछ । एकदिन एकलव्य कौरव र पाण्डवका गुरु द्रोणाचार्य नजिकै पुगे र भने, ‘गुरुदेव म पनि धनुर्विद्या सिक्न चाहन्छु, कृपया मलाई पनि आफ्नो शिष्य बनाउनुहोस् ।’

    द्रोणाचार्यले भने, ‘म राजकुमारलाई पनि धनुर्विद्याको ज्ञान दिन्छु । त्यसैले तिमी मेरो शिष्य बन्न सक्दैनौ ।’एकलव्यले त्यति नै बेला मनैदेखि द्रोणाचार्यलाई आफ्नो गुरु माने । उनी जंगलमा आफ्नो क्षेत्रमा पुगे र त्यहाँ माटोको द्रोणाचार्यको मूर्ति बनाए । एकलव्य दैनिक गुरुको मूर्तिको अगाडि अनुशासनमा बसेर धनुष बाण चलाउने अभ्यास गर्न थाले ।

    महाभारतमा एकलव्यको यो कथालाई नियमको स्रोतसँग जोडिएको छ । यदि कोही व्यक्ति नियम, अनुशासन र समर्पण गर्छ, त्यसले कस्तो परिणाम निम्त्याउँछ, यो कुरा हामी यस कथाबाट बुझ्न सक्छौं ।

    नियमित रुपमा अभ्यास गरिराख्दा एकलव्य बाणको विद्यामा दक्ष भए । एकपटक जब एकलव्य अभ्यास गरिरहेका थिए तब एउटा कुकुरले उनलाई हेरेर भुक्न थाले । त्यसैले एकलव्यको अभ्यासमा समस्या हुन थाल्यो । त्यसपछि उनले एकैपटक सातवटा बाण छोडेर कुकुरको मुख बन्द गरिदिए ।

    त्यतिबेला कौरव र पाण्डव पुत्र द्रोणाचार्यसँग जंगलमा घुमिरहेका थिए । ती कुकुर उनीहरुको अगाडि पुग्दा द्रोणाचार्य र सबै राजकुमार त्यसलाई देखेर अचम्मित थिए । कुकुरको मुखमा एकैपटक यति धेरै बाण निकै कुशलताका साथ हानिएको थियो, कुकुरको मुखबाट रगतको एक थोपा पनि निस्किएको थिएन ।

    द्रोणाचार्य र राजकुरमारले कुकुरको मुखमा बाण हान्ने धनुर्धरलाई खोज्न थाले । केही बेरपछि सबैजना एकलव्य भएठाउँ पुगे । एकलव्यले द्रोणाचार्यलाई प्रणाम गरे र आफू उनको शिष्य भएको बताए । द्रोणाचार्य यो सुनेर चकित भए ।

    त्यसपछि गुरुले आफ्ना सबै शिष्यलाई भने, ‘एकलव्य आज यति दक्ष भए कि उनको अनुशासन, नियम र समर्पणको प्रभाव हो । शिक्षाको क्षेत्रमा यी तीन कुरा निकै आवश्यक छ ।’

    पाठः एकलव्यसँग गुरु द्रोण थिएनन्, तर उनी गुरुको अनुपस्थितीमा आफ्नो अनुशासन र लगातार अभ्यासले धनुर्विद्यामा दक्ष भए । यही कुरा हामीले ध्यानमा राख्नुपर्छ । यदि हामी केही कुरा सिक्न चाहन्छौं भने नियम र समर्पणसँग लगातार अभ्यास गर्नुपर्छ ।

    प्रतिकृया दिनुहोस