• समाचार

    विश्वभर ६ करोड ३९ लाख कोरोना मुक्त, १९ लाख २० हजारको मृत्यु

      ओमकार टाईम्स

    काठमाडौं : विश्वभर ६ करोड ३९ लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन् ।

    आज बिहानसम्ममा ६ करोड ३९ लाख ५८ हजार ४ सय ५९ जना संक्रमित कोरोनामुक्त भएका हुन् । हालसम्म विश्वमा ८ करोड ९२ लाख ९० हजार ६ सय ९२ जनामा कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये १९ लाख २० हजार २ सय ४४ जनाको मृत्यु भइसकेको छ ।

    हाल विश्वमा २ करोड ३४ लाख ११ हजारभन्दा बढी सक्रिय संक्रमित रहेका छन् । कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म २ करोड २४ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् ।

    संक्रमितमध्ये १ करोड ३२ लाख २६ हजारभन्दा बढी निको भएका छन् भने ३ लाख ७७ हजार ६ सय ४२ जना संक्रमितले ज्यान गुमाएका छन् । भारतमा हालसम्म १ करोड ४ लाख ३२ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । संक्रमितमध्ये १ करोड ५५ हजारभन्दा बढी निको भएका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख ५० हजार ८ सय ३२ जना पुगेको छ ।

    नेपालमा हालसम्म २ लाख ६४ हजार १ सय ५९ जनामा कोरोना पुष्टि भएको छ । संक्रमितमध्ये २ लाख ५७ हजार २ सय २९ जना निको भएका छन् । यहाँ कोरोनाबाट १ हजार ९ सय ३ जनाले ज्यान गुमाइसकेका छन् ।

    प्रतिकृया दिनुहोस