• समाचार

    गौरादहमा अटो दुर्घटना हुदा चार वर्षीय बालक घाइते

      रुपा बुढाथोकी


    गौरादह नगरपालिका ३ स्थित सहिद गेट नजिकै अटो दुर्घटना भएको छ। गौरादह डिपुचोकबाट दक्षिण तर्फ जाँदै गरेको मे१ह ३३८२ नम्बरको अटोले सोही दिशा तर्फ जाँदै गरेको साइकलयात्रीलाई बचाउनेक्रममा अनियन्त्रित भइ अटो दुर्घटना भएको हो ।

    इलाका प्रहरी कार्यालय गौरादहका अनुसार अटोमा चालक सहित तीनजना यात्रु सवार थिए भने चार वर्षीय वालक ओसियन गुरुङ घाइते हुदा उनको स्थानीय मेडिम्याक्स अस्पतालमा उपचार भएको जनाइएको छ ।

    अटोचालक गौरादह -७ जुरोपानी निवासी मुकुन्द बहादुर बिस्वकर्मा इलाका प्रहरी कार्यालय गौरादहको नियन्त्रणमा रहेको जनाइएको छ ।

    प्रतिकृया दिनुहोस