• फिचर समाचार

    झापाबाट बिराटनगर हिडेका युवक बसभित्रै मृत फेला

      ओमकार टाईम्स

    झापा । झापाको केरखाबाट विराटनगर जानको लागि बस चढेका युवक मृत भेटिएका छन् । आइतबार बिहान केरखाबाट बस चढेका २६ वर्षीय राजकुमार थापा बसभित्रै मृत भेटिएका हुन् ।

    उनी जनसेवा यातायात प्रालिको मे१ख ३३३३ नम्बरको बसमा चढेका थिए । विराटनगर बसपार्कमा सबै यात्रु ओर्लिएपछि उनी उत्रिएनन् । बसका कर्मचारीले हेर्दा मृत भेटिएपछि प्रहरीलाई खबर गरेका थिए ।

    मृत भेटिएका युवक उपचारका लागि विराटनगर आउँदै गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले बताए ।

    प्रतिकृया दिनुहोस