• देश

    महिलालाई श्रीलंका पुर्‍याएर बेच्ने झापाका एक व्यक्ति पक्राउ

      ओमकार टाईम्स

    झापा। गैरकानुनी रुपमा श्रीलंका पुर्‍याई मानव बेचबिखनमा संलग्न रही फरार रहेका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा बुद्वशान्ती गाउँपालिका २ घर भएका ४१ वर्षीय अमृत नेपाल भन्ने अमृत बहादुर विश्वकर्मा रहेका छन् ।

    प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान ब्युरोबाट खटिएको प्रहरीले विश्वकर्मालाई झापाबाट पक्राउ गरेको हो । अमृतले २४ वर्षीया युवतीलाई प्रलोभनमा पारी २०७६ फागुन ३ गते कुवेतमा घरायसी काममा लगाई दिने भन्दै काकडभिट्टा, सिलगुडी, भारतको नयाँदिल्ली, मुम्बई, चेन्नई हुँदै गैरकानुनी रुपमा श्रीलंका पुर्‍याएका थिए ।

    श्रीलंकास्थित नेपाली राजदूताबास र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय समेतको सहयोगमा गत मंसिर ३० गते ती महिला नेपाल फर्कन सफल भएकी थिइन् । अमृतमाथि जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको उक्त ब्युरोले जनाएको छ ।

    प्रतिकृया दिनुहोस