• मुख्य

    गौरादहमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस भव्य रुपमा सम्पन्न

      रुपा बुढाथोकी

    दमक । झापाको गौरादहमा २ सय ९९ ओैं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस भव्य रुपमा मनाइएको छ ।परिवर्तनका लागि युवा अभियानले आयोजना गरेको कार्यक्रम सोमबार साझ ६ बजे गौरादह बजारमा सुरु भएको थियो भने कार्यक्रममा सयौंको संख्यामा युवाहरुको उपस्थिति रहेको थियो ।

    युवाहरूले नेपालको नक्सामा मैनवत्ती बाली श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको तस्बिरमा सम्मान स्वरुप फुल तथा अबिर चडाइ गरिएको कार्यक्रम आकर्षक देखिन्थ्यो ।


    कार्यक्रममा पृथ्वी जयन्तीको बारेमा प्रकाश पार्दै रवीन्द्र ढुंगानाले भन्नुभयो `वडामहाराजाधिराज पृथ्वीनारायण शाहले टुक्रे राज्यलाई एकता मात्र गर्नुभएन , उहाँले टुक्रिएर रहेको तर समान भाषा , भेष र संस्कृतिको पनि एकता गर्नु भयो । ´ साथै उहाँले ` माओ,लेलिन,स्टालिनहरुलाई सम्मान गर्ने तर आफ्नो राष्ट्र निर्माण गर्ने राष्ट्र निर्माताको उपेक्षा गर्ने ? ´यो राष्ट्रिय पर्वमा सार्वजनिक विदा दिन पनि उहाँले राज्यसंग जोडदार माग गर्नुभयो ।

    त्यसैगरि उक्त कार्यक्रममा अभियानका उपाध्यक्ष रुपेश शिवाले शुभकामना दिदै भन्नुभयो `वडामहाराजाधिराज श्री ५ पृथ्वीनारायण शाहले नेपालको भूगोलको मात्र एकीकरण गर्नुभएन सम्पूर्ण जातजाति , भाषाभाषी , धर्म संस्कृतिको पनि भावनात्मक एकीकरण गर्नु भयो , आज हामी जे छौं उहाँको योगदानका कारण छौं ।´

    कार्यक्रममा अभियानका अध्यक्ष उमेश कुमार कार्कीले सभ्य र भव्य रुपमा कार्यक्रम सफल परिदिने सम्पूर्णलाई धन्यवाद दिदै आगामी दिनमा अझ यस्ता कार्यक्रम गर्ने प्रेरणा मिलेको बताउनुभयो । कार्यक्रमको संचालन अभियानका सचिव अशोक कार्कीले गर्नुभएको थिएभने सकेन्द्र ताजपरिया , प्रकाश बिष्ट , सागर राउत , मनोज भुजेल , अमन राजवंशी , प्रजेश कुवर , निमेष भण्डारी , सुदिप परियार लगायत अभियानका सदस्यहरुको अगुवाइमा कार्यक्रम सम्पन्न भएको थियो ।

    स्मरण रहोस् परिवर्तनका लागि युवा अभियानले राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीमा सार्वजनिक बिदाको माग राखि गौरादह नगरपालिकालाई ज्ञापनपत्र समेत बुझाएको थियो ।

    प्रतिकृया दिनुहोस