• फिचर समाचार

    साँढे गोरुको आक्रमणबाट एक वृद्धाको मृत्यु

      ओमकार टाईम्स

    सप्तरी – सप्तरीको छिन्नमस्ता गाउँपालिकामा साँढेको आक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ। मङ्गलबार राति ९ बजे छिन्नमस्ता गाउँपालिका–२ मोहनपुरकी ८० वर्षीया दुर्गीदेवी साहको साँढेको आक्रमणबाट मृत्यु भएको हो।

    आफ्नै घर अगाडि बाटोमा हिँडिरहेकी अवस्थामा सार्वजनिक रुपमा छाडिएको साँढेले पछाडिबाट आक्रमण गर्दा गम्भीर घाइते भएकी साहकाे उपचारका लागि अस्पताल लग्ने क्रममा मृत्यु भएकाे हाे।

    उपचारका लागि जिल्ला सदरमुकाम राजविराजतर्फ ल्याइएकाे जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले जानकारी दिए।

    प्रतिकृया दिनुहोस