काठमाडौं : आज सुन तथा चाँदीको मूल्यमा सामान्य अंकले वृद्धि भएको छ ।स्थानिय बजारमा आज सुनको मूल्य १०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाला सुन प्रतितोला ९२ हजार ९०० मा कारोबार भइरहेको छ ।
हिजो छापावाला सुन प्रतितोला ९२ हजार ८०० मा कारोबार भएको थियो । मंगलवारको तुलनामा बुधवार छापावाला सुन प्रतितोला १०० ले बढेको हो ।तेजाबी सुन प्रतितोला ९२ हजार ४०० मा कारोबार भइरहेको छ । मंगलवार तेजाबी सुन प्रतितोला ९२ हजार ३०० मा कारोबार भएको थियो ।
यस्तै, बुधवार चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । मंगलवार प्रतितोला १ हजार २५० मा कारोबार भएको चाँदी बुधवार प्रतितोला १ हजार २६० मा कारोबार भइरहेको छ । मंगलवारको तुलनामा बुधवार चाँदीको मूल्य १० रुपंयाँले बढेको छ ।
प्रतिकृया दिनुहोस