• देश

    संवैधानिक इजलासमा सुनुवाइ जारी

      ओमकार टाईम्स


    काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा संवैधानिक इजलासमा निरन्तर सुनुवाइ शुरू भएको छ । शुरूमै रिट निवेदकहरुको तर्फबाट बहस शुरु भएको छ ।

    बहसमा भाग लिँदै रिट निवेदक सन्तोष भण्डारीले प्रतिनिधि सभा विघटन गरेर प्रधानमन्त्रीले संविधानको हत्या गरेको तथा संघीयता र गणतन्त्रविरुद्ध प्रधानमन्त्री रहेको जिकिर गरे ।

    उनलाई रोक्दै इजलासबाट न्यायाधीश अनिलकुमार सिन्हाले यस्तो तर्क पत्रिकामा लेखेर बहस गर्न सुझाव दिँदै इजलासमा रिट निवेदनमा केन्द्रित रहेर बहस गर्न आग्रह गरेका थिए ।

    अर्का अधिवक्ता बद्रीराज भट्टले राष्ट्रपतिले कार्यकारी अधिकार प्रयोग गरेको आरोप लगाउँदै लहडमा आएर प्रतिनिधिसभा विघटन गने अधिकार प्रधानमन्त्रीलाई संविधानले नदिएको बताए ।पक्ष र विपक्षमा बहस गर्ने वकीलहरुको सूची लामो रहेकाले बहस छोट्याउन इजलासले आदेश दिएको छ ।

    प्रतिकृया दिनुहोस