• सम–सामयिक

    जुम्लामा लोडसेडिङको तालिका सार्वजनिक, अब दैनिक लोडसेडिङ

      ओमकार टाईम्स


    जुम्लामा लोडसेडिङको तालिका सार्वजनिक भएको छ । नेपाल विद्युत प्राधिकरण जुम्ला वित्तरण केन्द्रले एक सूचना प्रकाशित गरेर लोडसेडिङको तालिका सार्वजनिक गरेको हो ।

    अब हरेक दिन विहान २ देखि ५ बजेसम्म, ८ बजेदेखि १० बजेसम्म र ४ बजेदेखि ६ बजेसम्म पावर हाउस बन्द हुनेछ । लोडसेडिङको समुह क मा टुँडिखेल, बाहिनी, महतगाउँ, मिचा, गैरागाउँ, हस्पिटल रहेको छ ।
    समुह ख अन्तर्गत बिजयनगर ठूलो, विजयनगर सानो, बोहरा गाउँ, बसपार्क रहेको छ । हरेक साता समुह परिवर्तन हुने जुम्ला वित्तरण केन्द्रले जनाएको छ । जुम्लाले साना जलिविद्युत आयोजनाको विद्युत प्रयोग गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस