• सम–सामयिक

    विद्यार्थी बोकेको बस दुर्घटना, पाँच जना घाइते

      ओमकार टाईम्स


    मोरङ । मोरङको सुनवर्षीमा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा पाँच जना विद्यार्थी घाइते भएका छन्। आज (मंगलबार) बिहान डाइनियाबाट विद्यार्थी लिएर विराटनगर आउँदै गरेको बा २ ख ४५८ नम्बरको बस अगाडि आएको मोटरसाइकललाई जोगाउने क्रममा दुर्घटना भएको बताइएको छ ।
    हुस्सुका कारण केही नदेखिने अवस्थामा अगाडि मोटरसाइकल आइपुगेकाले बचाउने क्रममा दुर्घटना भएको प्रहरीको भनाइ छ । विराटनगरको मेरिल्याण्ड कलेजका विद्यार्थी बोकेको बस सुनवर्सी नगरपालिका-९ को भेडुवाथानमा दुर्घटनामा परेको हो ।

    घाइते विद्यार्थीमा रतुवामाई नगरपालिका-३ की १७ वर्षीया रेजिना घिमिरे, १६ वर्षीया श्रद्धा भट्टराई, मनिषा राजवंशी, निशा ताजपुरीया र विशालकुमार मण्डल रहेको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ । घाइते विद्यार्थीलाई उपचारका लागि विराटनगर ल्याइएको छ । घाइते विद्यार्थी सबैको अवस्था सामान्य छ ।

    प्रतिकृया दिनुहोस