• सम–सामयिक

    दोहोरो लाभ धारण गर्दै जनप्रतिनिधि

      ओमकार टाईम्स


    सङ्खुवासभा : पाँचखपन नगरपालिकाका एक जनप्रतिनिधि सहकारीको कर्मचारी रहेको खुलेको छ । जनप्रतिनिधि रहेकी सीता तामाङ नगरपालिकामा रहेको गुप्तेश्वर साना किसान कृषि सहकारी संस्थाको प्रबन्धक पदमा समेत कार्यरत रहेको खुल्नमा आएको हो ।

    उनले सहकारीको कामबाहेक अन्य समयमा मात्र जनप्रतिनिधिको रूपमा काम गर्ने गरेको स्थानीयवासीको गुनासो छ । उनले सहकारीबाट मासिक १७ हजार रुपैयाँ तलब बुझ्ने गरेकी छन् । उक्त सहकारीमा तीन जना कर्मचारी रहेका छन् । तामाङ सहकारीको विशिष्ट प्रबन्धक पदमा रहेको सहकारी संस्थाका अध्यक्ष कुलबहादुर श्रेष्ठले बताए ।

    अधिवक्ता भवानीप्रसाद आचार्यका अनुसार जो कोही जनप्रतिनिधिहरू कुनै निजी तथा सरकारी सङ्घ–संस्थामा कर्मचारीको रूपमा रहन नमिल्ने बताए । उनले भने ‘कुनै पनि सेवामा पद धारण गरेका व्यक्तिले राजीनामा दिएर मात्र चुनावमा उम्मेदवार हुनुपर्ने प्रष्ट व्यवस्था छ । निर्वाचन आयोगले तत्कालीन अवस्थामा सूचना लुकाइएको कारण विवाद नआएर उनले छुट पाएको हुनसक्छ ।’

    सीता तामाङ भने सहकारी संस्था भएकाले काम गर्न मिल्ने बताउँदै आएकी छन् । संस्थामा काम गर्दै जनप्रतिनिधि हुन मिल्ने भएपछि चुनावमा सहभागी भएको उनको भनाई छ । उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत दर्ता भएको छ ।

    प्रतिकृया दिनुहोस