• विदेश

    भारतको बिहार राज्यमा भाइरल सङ्क्रमणका कारण एक सय बालबालिकाको मृत्यु

      एजेन्सी


    एजेन्सी । भारतको बिहार राज्यमा भाइरल सङ्क्रमणका कारण एक सय बालबालिकाको ज्यान गएको छ ।

    लिचीसँग सम्भावित सम्बन्ध रहेको ठानिएका भाइरसका कारण बालबालिकाको मृत्यु भएको हो ।

     

    अक्युट इन्सेफलाइटिस सिन्ड्रोम (एइएस) को प्रकोपका कारण बालबालिकाको मृत्यु भएको बताइएको छ । बिहारको मुजफ्फरपुर शहरमा गत १५ दिनमा मस्तिष्क ज्वरोको साथ एइएसको कारण ९३ जनाभन्दा धेरैको ज्यान गइसकेको छ ।

     

    खाली पेटमा लिची खाँदा शरीरमा ग्लुकोजको कमी हुने कारणले बालबालिका सो रोगको चपेटामा पर्न सक्ने विशेषज्ञको भनाई छ । सन् २०१४ मा पनि मुजफ्फरपुरमा १२२ बालबालिकाको ज्यान गएको थियो ।

    प्रतिकृया दिनुहोस