• समाचार

    ताजपुरियाले गरे जन्म दिनमा बोलोचोक‌ विकास समितिलाई आर्थिक सहयोग

      ओमकार टाइम्स


    विभिन्न सामाजिक कार्यमा सक्रिय रहदैं आउनुभएका लिलम प्रसाद ताजपुरियाले जन्मोत्सवको अवसरमा बोलोचौक बिकास समितिलाई आर्थिक सहयोग गर्नुभएको छ ।

    शिवसताक्षी नगरपालिका ४ झकुवाटोली निवासी समाजसेवी ताजपुरियाले आफ्नो जन्मदिनको अवसर पारी समितिलाई दश हजार रुपैंया आर्थिक सहयोग गर्नुभएको छ ।

    गत पुष २२ गतेदेखि संस्थाले थालेको सेनिटरी प्याड वितरण अभियान र नेपालमा अझै पनि कोरोना भाईरस संक्रमण जारी रहेकाले स्वास्थ्यलाई केही राहत पुग्ने उद्देशयले सेनिटाइजर वितरण गर्नका लागि सहयोग पुग्ने भन्दै आफुले सहयोग गरेको समाजसेवी ताजपुरियाले बताउनुभयो ।

    आफ्नो सानो सहयोगले पनि आफ्नो जन्मभुमि शिवसताक्षीका मानिसको केही आवश्यकता र महत्त्व पुरा हुने उहाँको विश्वास छ ।

    परदेशमा रहेर पनि आफ्नो जन्मभुमि प्रति माया गरेर संस्थालाई सहयोग गरेको धन्यवाद व्यक्त गर्दै बोलोचोक बिकास समितिका अध्यक्ष डा. धर्मेन्द्रकुमार साहले ताजपुरियालाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना समेत व्यक्त गर्नुभएको छ ।

     

    प्रतिकृया दिनुहोस