• देश

    गौरादह नगरपालिका भित्र बेतिथिका चाङ, वडाअध्यक्षको कर्तुत सार्वजनिक

      ओमकार


    शृङ्खलाबद्ध रूपमा समस्या खडा भइरहने गौरादह नगरपालिकामा हिजोआज जनप्रतिनिधि र कर्मचारी विहिन जस्तै देखिन थालेको छ ।

     

    इटहरी उपमहानगरका मेयर द्वारिकलाल चौधरीले यहाँ कार्यरत प्रमुख प्रशासकीय अधिकृत सागर मिश्र एक नम्बरका भ्रष्टाचारी हुन् भन्दै वक्तव्य दिएपछी मिश्रको शिर निहुरिएको र कार्यालयमा आउन समेत अप्ठ्यारो परेको विश्लेषण गरिन थालिएको छ ।

     

    गौरादहमा जनप्रतिनिधिकै कारणले बारम्बार कर्मचारीहरु बिबादित बन्दै आएको स्वयं कर्मचारीहरुले आरोप लगाउदै आएका छन ।

     

    आर्थिक बर्ष सकिए संगै नयाँ नितिकार्यक्रम सहितको बजेट सार्वजनिक गर्नुपर्ने समयमा नगरपालिकाले कुनै गृहकार्य गर्न सकेको देखिदैन । सामान्यतया जेष्ठ महिनामा नगरसभा बस्नुपर्नेमा अहिलेसम्म सामान्य चासो समेत दिन नसक्नुलाइ जनप्रतिनिधिहरु कै अपरिपक्कता हो भन्ने विश्लेषण हुने गरेको छ ।

     

    नगरका कामकारबाहीमा असन्तुष्टि बढे संगै वडा कार्यालयमा समेत समस्याका चाङ नै देखा पर्न थालेका छन् । कतिपय वडाका जनप्रतिनिधिहरुले टोलबिकास समिति र उपभोक्ता समितिलाई नै निष्क्रिय पार्ने आभ्यासमा लागेको देखिएको छ ।

     

    वार्ड नं. ७ ले पछिल्ला वर्षहरूमा बिकासनिर्माणका लागि पर्याप्त ध्यान दिएको भन्दै प्रशंसा कमाउने गरेको भएतापनि हिजोआज वार्ड अध्यक्षको महत्वाकांक्षाले सिमा नाघ्दै गएको र वडा नं. ७ बिकास निर्माणमा सबै वडा भन्दा पछाडि पर्ने गरेको स्थानीयको विश्लेषण पाइन्छ । वडाकार्यालय भवन निर्माणमा नै अपारदर्शीता अपनाएको भन्दै गतवर्ष वडाध्यक्ष बलराम खरेल विवादमा तानिएका थिए ।

     

    मनोमानी ढंगले पुरानो भवन माथी तला थपेको आरोप खेपेका खरेललाइ उक्त भवन पास गराउन फलामको चिउरा भएको स्वयं उनकै अभिव्यक्ति बाट छर्लङ्ग हुनेगरेको छ । आफुलाइ उपल्लो नेताको निकै ठूलो आशिर्वाद रहेको बताउदै आएका खरेल नेकपा भित्रको केपी ओली गुटको उपगुट मानिने अग्नि खरेल समुहका मानिन्छन् ।

     

    आफुलाइ अग्नि खरेलको प्रियपात्र मान्ने खरेल संबिधानसभा सभासद दिपक कार्कीलाई पार्टीको जिल्ला सभापति बन्न नदिने खेलमा निकै महत्वाकांक्षी भएर लागेको बताइन्छ । गौरादहका केहि वडाहरु मिडियामैत्री मानिएतापनि खरेल वडाध्यक्ष भएको वडाका गतिविधिहरु महत्वका साथ सार्वजनिक हुनै पाउदैनन् ।

     

    मापदण्ड पूरा नगरी सप्पन्न भएका बिकास परियोजनाहरु पर्दाफास हुने डरले उनी सञ्चार पहुँच भन्दा टाढा बसेको उनका निकटका व्यक्तिहरुको बुझाइ छ । लक्षितवर्गको बजेट दुरुपयोग गर्न उनी निकै चतुर खेलाडी मानिन्छन् । गतवर्ष उद्घोषण र ड्राइभिङ तालिम सप्पन्न गरेको कागजात एकाएक मेयरको टेबलमा पुर्याइएपछि उनको कर्तुत छताछुल्ल भएको थियो ।

     

    मेयरलाई छल्नको लागि कार्यक्रम सप्पन्न गरेको तस्बिर समेत फाइलमा देखिएपछि मेयर साहले कर्मचारी राम दाहाल लाई झम्टिएको प्रत्यक्षदर्शीहरु बताउँछन् ।

     

    आफ्नै श्रीमतीलाई सक्रिय बनाएर उनले जागरुक महिला समूह निर्माण गरेका छन् । गौरादह बजारमा रहेको संस्था जागरुक महिला समुहले सिपमुलक कार्यक्रम गर्ने भन्ने बुझेपछि उनले हतार हतार ग्वालडुब्बामा पनि सोही नामको संस्था खोलेर बजेट मिलान गर्ने गरेको उनलाई आरोप छ ।

     

    गौरादह नगरपालिकाको भवन निर्माणाधीन अवस्था मै रहेको छ । १० लाख भन्दा बढी लागत भएका निर्माणयोजनाहरुमा खुल्ला टेन्डर प्रक्रिया बाट मात्र निर्माण गर्नुपर्ने प्राबधान नगरसभा बाट पास गरिएको थियो ।

     

    नगरसभाले निर्णय गरेको १५ दिन नबित्दै नगरपालिका भवन निर्माण गर्न खरेलले अगुवाई सुरु गरे । सार्वजनिक महत्वका महत्त्वपूर्ण कार्यमा नियम कानुनले नरोक्ने भन्दै उनकै निर्देशनमा जथाभावी निर्माणकार्यलाई अगाडि बढाइएको थियो ।

     

    निर्माण सम्पन्न नहुदै भाडामा रहेको नगरपालिका भवनबाट रातारात कार्यलय सारिनुलाइ रहस्यमय रूपमा हेरिएको र यसमा पनि बिबादास्पद कार्यकारी मिश्र संग खरेलको गोप्य साथ रहेको श्रोतको दावी छ । कार्यकारी अधिकृत मिश्रलाइ नगरपालिकामा पुन: भित्र्याउने योजनामा खरेल सकृय रूपमा लागिरहेको बुझिएको छ ।

     

    नेकपाको झोला भिरेर हिड्ने गौरादहका एक दुई जना पत्रकारलाई प्रयोग गर्दै आएका खरेलले हिजो आज उनीहरुबाट पनि सास्ती खेप्न थालेपछि अताल्लिएका छन् । सञ्चारमाध्यम बाट टाढिएको आरोप खेपेका खरेल हिजोआज आफैं फेसबुके पत्रकारितामा लागेको पाइन्छ । गौरादहको नाम जोडेर बनाइएको एउटा फेसबुकी आइडी उनको बचाउमा खुलेर लागेको देखिन्छ जसका एड्मिन खरेल स्वयं भएको अनुमान गरिएको छ ।

    आसपासका जग्गा बेचबिखन गरेर बिचौलियाबाट नगदनारायण लिने दाउमा उनले कुनै गुरुयोजना नै नगरी बजार सारेको व्यवसायीहरु आरोप लगाउछ्न ।

    प्रतिकृया दिनुहोस