• विदेश

    ती प्रधानाध्यापक आमाबुवा जसले आफ्नी छोरीहरुलाई त्रिशुल घोपेर मारिदिए

      ओमकार टाईम्स


    एजेन्सी । भारतको आन्ध्र प्रदेशको चित्तूर जिल्लामा शिक्षक पुरुषोत्तम नायक र उनकी श्रीमतीले कथित रुपमा अन्धविश्वासको शिकार भएर आफ्ना दुई युवा छोरीहरुको हत्या गरिदिएका छन् । चित्तूर जिल्लाकी मदनपल्ली प्रहरीले आमाबुवालाई हिरासतमा लिएर अनुसन्धान सुरु गरिदिएको छ ।

    यो मामिलामा मृत युवती साई दिव्याको सोसल मिडिया पोस्टलाई महत्वपूर्ण प्रमाणको रुपमा हेरिएको छ ।साई दिव्याले आफ्नो मृत्युभन्दा तीन दिनअघि सोसल मिडियामा लेखेकी थिइन्, ‘शिव आएका छन्, काम पूरा भयो ।’

    यो पोस्टले प्रहरीलाई सतर्क बनाइदिएको छ । सुरुवाती अनुसन्धानमा पत्ता लागे अनुसार एक हप्ता अघिदेखि साई दिव्याको व्यवहार निकै अचम्मको थियो ।

    यसका साथै हालै केही बाहिरका मानिसहरु यो घरमा आएको प्रहरीले जानकारी पाएको छ । यो विषयमा सिसिटिभी फुटेज हासिल गरिएको छ र फुटेजमा देखिएका सबैसँग सोधपुछ गर्ने कोसिस गरिँदैछ ।

    के हो मामिला ?

    चित्तूर जिल्लाको ग्रामिण इलाका मदनपल्लीमा बस्ने पुरुषोत्तम नायडु सरकारी महिला डिग्री कलेजमा उप–प्रधानाध्यापक हुन् ।

    यस्तै, उनकी श्रीमती पद्मजा पनि प्रधानाध्यापकको रुपमा काम गर्छिन् र एक नीजि शिक्षण संस्थाकी कर्मचारी हुन् । उनीहरुका २७ र २२ वर्षका दुई छोरीहरु थिए जसको नाम अलेख्या र साई दिव्या थियो ।

    जेठी छोरी अलेख्याले भोपालस्थित इन्डियन म्यानेजमेन्ट अफ इन्डियन फरेस्ट सर्भिसबाट स्नातकोत्तरको पढाई गरेकी थिइन् । कान्छी छारीले बीबीएको पढाई गरेकी थिइन् र एआर रहमान सङ्गीत एकेडेमीमा सङ्गीतको पढाई गरिरहेकी थिइन् ।

    यो परिवार अघिल्लो वर्ष अगस्ट महिनामा आफ्नो घरमा सिफ्ट भएको थियो । स्थानीय मानिसहरुलाई विश्वास गर्ने हो भने पुरुषोत्तम र पद्मजाको परिवार विभिन्न प्रकारको पूजा पाठ गरिरहन्थे ।

    यो मामिलामा दर्ता भएको एफआईआरका अनुसार परिवारले आइतबार राती पनि केही पूजा पाठ परेको थियो । त्यसपछि उनीहरुले आफ्नी कान्छी छोरी साई दिव्यालाई धारिलो त्रिशुल र जेठी छोरीलाई एक डम्बलले हत्या गरिदिए ।

    यो जानकारी पिता स्वयंले आफूसँग काम गर्ने मानिसहरु र प्रहरीलाई दिए । जानकारी पाएपछि प्रहरी घटनास्थल पुग्दा दुबै छोरीको मृत्यु भइसकेको थियो ।

    यीमध्ये कान्छी छोरीको शव पूजाघरमा र जेठी छोरीको शव पहिलो तलामा भेटिएको थियो । प्रहरीले आमा बुवा दुबैलाई हिरासतमा लिएर मुद्दा दर्ता गरेपछि अनुसन्धान सुरु गरेको छ ।

    घरमा राखेर सोधपुछः

    प्रहरीले सुरुवाती अनुसन्धानका लागि यो जोडीलाई घरमा नै राखेको छ । प्रहरीका अनुसार उनीहरुको मानसिक व्यवहार निकै अचम्म र भिन्न किसिमको छ । उनीहरुले प्रहरीलाई आफूमाथि दबाब नबनाउन बारम्बार चेतावनी दिइरहेको छ ।

    यस्तोमा प्रहरीले निकै सावधानीपूर्वक अनुसन्धान गर्दै मनोवैज्ञानिकको मद्दत लिने कोसिस गरिरहेको छ । प्रहरीले अनुसन्धानका बेला नजिकका आफन्तलाई मात्रै घरमा आउन अनुमति दिएको छ ता कि संदिग्धलाई शान्त राख्न सकियोस् ।

    प्रहरीका अनुसार यो जोडीको घरमा अचम्मका तस्बिर थिए जसमध्ये केही भगवानका तस्बिर थिए । दुबै छोरीहरुको पोस्टमार्टम भइरहेको छ ।

    प्रतिकृया दिनुहोस