• फिचर

    पूर्वराजा शाह अचानक बिराटनगर स्थित भाटभटेनी सुपरमार्केटमा , किनमेलपछि फर्किए काठमाडौं

      ओमकार टाईम्स

    केही दिनयता पूर्वी नेपालमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले बुधबार साँझ विराटनगरस्थित भाटभटेनी सुपरमार्केटमा सामान खरिद गर्ने क्रममा एक घण्टा बिताएका छन् ।

    भाटभटेनी पुगेका शाहले किचनका सहित १ लाख रुपैयाँसम्मको सामान खरिद गरेको सुपरमार्केटकी शाखा प्रमुख सरिता राईले जानकारी दिइन् ।

    शाह भाटभटेनी प्रवेश गरेसँगै कर्मचारीले स्वागत गर्दै फोटो समेत खिचाएका थिए । उनले नेपाली वा भारतीय कहाँका ग्राहक आउँछन्, स्वदेशी उत्पादनको बजारको अवस्था कस्तो छ, उपभोक्ताको रुचि केमा देखिन्छ जस्ता जिज्ञासा सुपरमार्केटका कर्मचारीसँग राखेका थिए ।

    प्रहरीका अनुसार झापाबाट फर्कँदा विराटनगर आइपुगेका शाह किनमेलपछि काठमाडौं फर्किएका छन्। पूर्वराजा ज्ञानेन्द्रको विराटनगरको भ्रमणबारे कुनै जानकारी नभएको प्रहरीको भनाइ छ ।

    प्रतिकृया दिनुहोस