विराटनगर/ नेपाल कम्युनिष्ट पार्टी नेकपा ओलीपक्षले विराटनगरमा प्रदेश स्तरीय बृहत जनसभा गर्ने भएको छ । नेकपा प्रदेश कमिटिले विराटनगरमा बिहिबार पत्रकार सम्मेलन गर्दै नेकपा ओलीपक्षले फागुन ८ गते विराटनगरमा प्रदेश स्तरीय जनसभा गर्ने जानकारी गराएको हो । जनसभामा एक लाख बढीको सहभागिता हुने प्रदेश कमिटि अध्यक्ष देवराज घिमिरेले जानकारी दिनुभयो ।
सभामाप्रधानमन्त्री केपीशर्मा ओली, गृहमन्त्री रामबहादुर थापाबादल र स्थायी कमिटि सदस्य सुभास नेम्वाङले सम्बोधन गर्ने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो । कुनै समुहवादललाई देखाउन भन्दा पनि अराजकता र अस्थिरताको अन्त्यगर्न तथा संविधान र राष्ट्रिय स्वाधिनताको रक्षा गर्न आफुहरु जनताका माझ गएको उहाँको भनाई थियो ।
प्रतिकृया दिनुहोस