• समाचार

    युथ युनिटी अफ नेपालद्वारा विपन्न विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

      ओमकार संवाददाता

    विराटनगर । फिड द निड तथा युथ युनिटी अफ नेपालले विराटनगर–१७ का १ सय ६० जना गरिब तथा विपन्न वर्गका विद्यार्थीहरुलाई विभिन्न शैक्षिक सामाग्री वितरण गरेको छ । संस्थाले बुधबार वडा नं. १७ को मदरसा दारुस्लाम र मस्जिद क्युबा लगायतका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई स्कुल ड्रेस , न्यानो लुगा र स्टेशनरीका आवश्यक शैक्षिक सामाग्रीहरु वितरण गरेको हो ।

    शिक्षाप्रति विद्यार्थीहरुको आकर्षण बढाउन उक्त शैक्षिक सामाग्रीहरु वितरण गरिएको फिड द निड नेपालका अध्यक्ष कृतिकाराज करनिकारले बताउनुभयो ।  विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गर्न सोसाईटी जोन, मोमेन्टस, आर.डि पेपर कम्पनी सहितका संघ–संस्थाहरुले आवश्यक सहयोग गरेको युथ युनिटी अफ नेपालका अध्यक्ष जफर एकवालले जानकारी दिनुभयो । कार्यक्रममा भने वडा नं १५ का वडाध्यक्ष असलम आलम, आरिफ खान, सोसाईटी जोनका मोजाहिद हक, हामिद आजाद र संस्थाका क्रियाशील सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस