• फिचर समाचार

    रोल्पाबाट विप्लव समूहका पाँच जना नेता पक्राउ- OmkarTimes.Com

      ओमकार


    काठमाडौं । रोल्पाबाट विप्लव समूहका पाँच जना नेता पक्राउ परेका छन् ।

     

    जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेकाहरु रोल्पाका गाउँपालिका इञ्चार्ज सन्दीप वली, माडी गाउँपालिका इञ्चार्ज स्याम बुढा, देबबहादुर वली ‘दिनेश’ र गणेश मगर हुन् ।

     

    उनीहरुलाई बिहिबार नियन्त्रणमा लिई सदरमुकाम लिबाङ ल्याइएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार नियन्त्रणमा लिएका उनीहरुलाई भोलि शुक्रबार अदालतमा म्याद थप गरी थप अनुसन्धान गरिनेछ ।

     

    त्यस्तै हिरासतमा बसेका नेताहरुलाई चिया पु¥याउन गएका चिया पसले विप्लवका कार्यकर्ता देउराम सुनारलाई पनि पक्राउ गरिएको प्रहरीले बताएको छ ।

    प्रतिकृया दिनुहोस