• खेलकुद

    आइपीएलको अक्सनमा नेपालबाट सन्दीप मात्र छानिए

      ओमकार टाइम्स

    सन् २०२१ को इन्डियन प्रिमियर लिग (आइपीएल) को अक्सनका लागि नेपालबाट सन्दीप लामिछाने मात्र छानिएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले ८ जना खेलाडीको नाम सिफारिस गरेकामा सन्दीप मात्र अक्सन सूचीमा परेका हुन् । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) लेसार्वजनिक गरेको सूचीमा नेपालबाट सन्दीप मात्र परेका हुन् । क्यानले सन्दीपसहित दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, शरद भेषवाकर, अभिनाश बोहरा र कुशल मल्लको नाम सिफारिस गरिको थियो ।

    सूचीमा २९२ खेलाडी परेका छन् । अक्सनका लागि १ हजार ११४ जनाको नाम दर्ता भएकामा २९२ लाई अक्सनका लागि सूचीकृत गरिएको बीसीसीआईले जनाएको छ । नेपालबाट सूचीमा परेका सन्दीपको न्यूनतम मूल्य ४० लाख भारु तोकिएको छ । यसअघि सन्दीपले दिल्ली क्यापिटल्सबाट आइपीएलको तीन सिजन खेलिसकेका छन् । अक्सन फेब्रुअरी १८ मा चेन्नईमा हुनेछ ।

    प्रतिकृया दिनुहोस