• फिचर

    पानी नपर्दा कपिलवस्तुका अधिकांश कृषकले धानको ब्याड राख्न पाएनन्

      ओमकार


    कपिलवस्तु । पानी नपर्दा कपिलवस्तुका अधिकांश कृषकले धानको ब्याड राख्न पाएका छैनन् । ब्याड राख्ने सिजन सुरु भइसक्दा पनि यहाँका कृषकले पानीको अभावमा धानको बीउ छर्न पाएका छैनन् । बर्षाको प्रतिक्षा गरिरहेका कृषकहरु असार लागिसक्दा पनि सिंचाई कै अभावले कृषकहरु खेतमा बिउ छर्न नपाएका कृषि ज्ञान केन्द्रले जनएको छ ।

     

    जिल्लामा धान खेतिका लागि आकाश कै पानीको भर पर्नुपर्ने बाध्यता छ । जिल्लाको कुल खेतियोग्य जमिन ८३ हजार हेक्टर मध्ये १३ प्रतिशत क्षेत्रमा मात्र बाह्रैमासे सिंचाई सेवा उपलब्ध रहेको छ । कृषि ज्ञान केन्द्रका प्रमुख रामगोबिन्द आर्यलले ५० प्रतिशत बढी कृषकले अझै धानको बीउ छर्न नपाएको बताउनुभयो ।

     

    ‘लामो खडेरीले जिल्लाका अधिकांश कृषकले अझैं पनि धानको ब्याड राख्न पाएका छैनन्’ उनले भने ‘सिंचाईको सुबिधा हुनेले आफनै तरिकाले ब्याड राखेका छन, त्यो पनि न्यूनरुपमा छ ।’ ब्याड राखेकाहरुको पनि घामले डढ्न थालेको उहाँले बताउनुभयो ।

    प्रतिकृया दिनुहोस