• समाचार

    जनकपुरमा १३ वर्षकी बालिकाको पटक पटक बलात्कार

      ओमकार टाइम्स

    जनकपुरधाम – धनुषामा १३ वर्षिया बालिका पटक–पटक बलात्कार गरेको दर्दनाक घटना बाहिरिएको छ। शम्भु भनिने ओमनारायण यादवले मुस्कान खातुनको काठामा बोलाएर पटक–पटक बलात्कार गरेका हुन्।

    प्रहरीले उनीहरुलाई बिहिबार पक्राउ गरेको छ। प्रहरीका अनुसार मुस्कान खातुनले बालिकालाई आफ्नै कोठामा ग्राहक बोलाई यौनधन्दामा लगाउने गरेकी थिइन्।

    खातुन लक्ष्मीनियाँमा एउटा कोठा भाडामा लिएर बस्दै आएकी थिइन्। बालिका गर्भवती भएपछि घटनाबारे परिवारले थाहा पायो। परिवारले जाहेरी दिएपछि फरार रहेका खातुन र यादवलाई बिहीबार राति धनुषाको लक्ष्मिनियाँ गाउँपालिका वडा नम्बर ४ स्थित बाटोबाट प्रहरीले पक्राउ गरेको हो।

    घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

    प्रतिकृया दिनुहोस