• राशिफल

    जगतजननी पाथीभरा माताको दर्शन स्वरूप आज असार ६ गते शुक्रबारको राशिफल पढौँ

      ओमकार


    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,अ)
    मानसम्मानमा आघात पुग्ने सम्भावना छ,पुरानो हिसाबकिताबले विवाद निम्त्याउन सक्छ,सजग रहनुहोला। आजको शुभ अंक- ८ रहेको छ।

     

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
    बलजफ्तीले मात्र काम सफल नहुन सक्छ,स्वास्थ्यका लागि निश्चित समय आराम गर्नुपर्ला,आजको शुभ अंक-६ रहेको
    छ ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
    दिगो लाभ हुने काम प्रारम्भ हुन सक्छ,प्रयत्न गर्दा जटिल ठानिएको काम समेत सम्पादन हुनेछ,आजको शुभ अंक- १ रहेको छ ।

     

    कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    फुर्सदिलो भइनेछ भने अतिथिका रूपमा सत्कार समेत पाइने सम्भावना छ,व्यवसायमा लाभ हुनेछ,आजको शुभ अंक – ४ रहेको छ ।

     

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    प्रेमी बाट टाढिनुपर्ने परिस्थिति आउन सक्छ,काममा टाढाको यात्रा हुने सम्भावना छ,आजको शुभ अंक- ११ रहेको छ ।

     

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
    तालमेल नमिल्दा योजना सुरु गर्न समय पर्खनुपर्ला, आफ्ना विषयवस्तुमा अरूले दाबी गर्न सक्छन्,आजको शुभ अंक- १२ रहेको छ ।

     

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
    भेटघाटमा अलमलिनाले लक्ष्यमा बाधा पुग्नेछ,स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला,आजको शुभ अंक – १० रहेको छ ।

     

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    कृषिमा कामको चाप बढ्न सक्छ, परिवारमा दाजुभाइको सहयोग आजका लागि लाभदायक बन्न सक्छ,आजको शुभ अंक- ५ रहेको छ ।

     

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
    अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ, परिश्रमले कीर्तिमानी दिलाउनेछ,आजको शुभ अंक- ९ रहेको छ ।

     

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
    सजग नबन्दा व्यवहारमा दुःख पाइनेछ,परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ,सक्छ,आजको शुभ अंक -७ रहेको छ ।

     

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
    फाइदा मिले पनि खर्चको मात्रा बढ्नेछ,पछिका लागि गरिएको लगानीले भने फाइदा दिनेछ,आजको शुभ अंक – ६ रहेको
    छ ।

     

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
    अलमलिनुपर्दा चिताएको काम रोकिन सक्छ,अरूका लागि बुद्धि खर्चनुपर्ला,चिताएको मूल्य प्राप्त नहुन सक्छ,आजको शुभ अंक -५ रहेको छ ।

    प्रतिकृया दिनुहोस