नेपालमा थप ५७ जना कोभिड–१९ का सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर एक हजार ९०० जनाको पिसिआर परीक्षण भएकामा २७ महिला र ३० पुरुष गरी ५७ जनामा कोरोना पुष्टि भएको हो । आज काठमाडौँ उपत्यकामा १७ महिला र १४ पुरुष गरी ३१ सङ्क्रमित भेटिएका छन् ।
गत २४ घण्टामा कोही पनि सङ्क्रमितको मृत्यु भएको छैन । कोरोनाबाट हालसम्म दुई हजार ५४ जनाएको मृत्यु भएको छ । पाँच सय भन्दाबढी सङ्क्रमित भएको जिल्ला काठमाडौँ मात्र छ । शुन्य सङ्क्रमित भएका जिल्ला इलाम, भोजपुर, सङ्खुवासभा, सोलुखुम्बु, मुस्ताङ, मुगु, पश्चिम रुकुम र अछाम रहेका छन् । हाल देशभर संस्थागत आइसोलेशनमा ९८२ छन् । सघन उपचार कक्षमा ५६ जना र भेन्टिलेटरमा १७ जना सङ्क्रमितको उपचार भइरहेको छ ।
प्रतिकृया दिनुहोस