• समाचार

    चालू शैक्षिक सत्रलाई जेठसम्म लम्ब्याउने तयारी

      ओमकार टाइम्स

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चालू शैक्षिक सत्रलाई जेठसम्म लम्ब्याउने तयारी गरेको छ । गत सोमबारको मन्त्रिपरिषद् बैठकले  केन्द्रबाटै एसइई र शिक्षा नियमावली संशोधन गरी शैक्षिकसत्र कायम गर्न स्वीकृति भएसँगै सो तयारी भएको हो ।  विद्यमान नियमावलीमा वैशाख १ गते नयाँ शैक्षिक सत्र सुरु हुने र चैत मसान्तमा सकिने उल्लेख छ ।

    तर, कोरोना महामारीले पठनपाठन प्रभावित भएकाले नियमावली संशोधन गरी  चालू शैक्षिक सत्रमा दुई महिना थप गर्न लागिएको  छ । ADVERTISEMENT शैक्षिक सत्र लम्बिए विद्यालय तहका सबै कक्षाका वार्षिक परीक्षा जेठको अन्तिममा हुनेछ भने असारमा नयाँ शैक्षिक सत्र सुरु हुनेछन्। कोरोनाले शैक्षिक क्षति भएका कारण चालू शैक्षिक सत्रलाई १४ महिनाको बनाउनुपर्ने र आगामी शैक्षिक सत्रलाई १० महिनाभित्रै सिध्याउनुपर्ने शिक्षाविद्हरुले सुझाव दिँदै आएका छन् ।

    यसका अलावा मन्त्रालयमा आगामी शैक्षिक सत्रको हिउँदे र बर्खे बिदा कटौती गरी शैक्षिक सत्र पूरा गर्ने कि भनी छलफल चलिरहेको छ ।  एसइई परीक्षा कहिले सञ्चालन गर्ने भन्ने विषयमा भने राष्ट्रिय परीक्षा बोर्डले निर्णयसहित समयतालिका प्रकाशित गर्नेछ । शिक्षा मन्त्रालयले कोरोनाले प्रभावित विद्यार्थीलाई विद्यालय परिवर्तन गर्न लचिलो व्यवस्था गर्न लागेको छ ।

    प्रतिकृया दिनुहोस