• समाचार

    प्रचण्ड-माधव पक्षले गर्‍यो तेस्रो चरणको आन्दोलन घोषणा, मानव साङ्लोले काठाडौंको टुँडिखेल घेर्ने

      ओमकार टाइम्स


    प्रतिनिधिसभा विघटनविरुद्ध रहेको प्रचण्ड-माधव पक्षीय नेपाल कम्युनिष्ट पार्टीले तेस्रो चरणको संघर्षको कार्यक्रम घोषणा गरेको छ।

    आइतबार पेरिसडाँडामा पत्रकारसम्मेलन गरेर सार्वजनिक गरिएको कार्यक्रममा काठमाडौंको टुँडिखेललाई मानव साङ्लोले घेर्नेलगायतका छन् ।

    केन्द्रीय संघर्ष समितिले फागुन ५ देखि २१ गतेसम्म संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ ।

    यस्ता छन् आन्दोलनका कार्यक्रम :

    –फागुन ५ देखि १२ सम्म जिल्ला कमिटीले आफ्नो तहमा कार्यक्रममा गर्ने ।

    –फागुन ६ गते मानव साङ्लोले काठममाडौंको टुडिँखेल घेराउ गर्ने।

    –७ गते सवै वडामा कार्यक्रम

    –८ गते राजनीतिक दल, नागरिक समाज र बौद्धिक समुदायसमेतको उपस्थितमा वृहत अन्तरक्रिया गर्न ।

    –९ गते महिलाा हिंसा, बलात्कारविरुद्ध देशव्यापी प्रदर्शन ।

    – फागनुन १० गते काठमाडौं उपत्यकाका प्रत्येक जिल्लाका दलितद्वारा प्रदर्शन ।

    –फागुन १४ गते काठमाडौंमा वृहत युवा र्‍याली ।

    –फागुन २१ गते दाङ र १२ गते चितवनमा वृहत विरोध कार्यक्रम ।

    प्रतिकृया दिनुहोस