• समाचार

    भागरथीको लागि न्याय माग्दै नेविसंघ सडकमा

      ओमकार टाइम्स

    बलात्कारपछि हत्या गरिएकी बैतडीकी भागरथी भट्टका लागि न्याय माग्दै नेपाल विद्यार्थी संघ ( नेविसंघ) सडकमा आएको छ। भट्टका हत्यारालाई कारवाही गर्न माग गर्दै नेविसंघले काठमाडौंमा प्रदर्शन गरेको छ।

    नेविसंघ केन्द्रीय समितले आइतबार पद्मकन्या क्याम्पसमा विरोध प्रदर्शन गर्दै भागरथीलगायत बलात्कार र हत्याका सबै घटनामा संलग्नलाई कारवाही गर्न माग गरेको हो। कार्यक्रमको कोणसभामा नेविसंघका अध्यक्ष राजीव ढुंगानाले दोषिलाई तत्काल पक्राउ गरी कारवाही गर्न माग गरेका छन्।

    गत माघ २२ गते बलात्कारपछि हत्या गरिएको अवस्थामा भागरथीको शव स्थानीय लवलेक जङ्गलमा फेला परेको थियो। हालसम्म पनि अपराधी पत्ता लाग्न सकेको छैन।

    प्रतिकृया दिनुहोस