• खेलकुद

    फ्रान्समा जारी महिला बिश्वकप फुटबल अन्तर्गत अमेरिका र नेदरल्याणड्स अन्तिम १६ मा प्रवेश

      ओमकार


    काठमाडाैँ । फ्रान्समा जारी महिला विश्वकप फुटबलमा अमेरिका र नेदरल्याण्ड्स आआफ्नो समूहको विजेताका रुपमा अन्तिम १६ मा प्रवेश गरेका छन् ।

     

    समूह चरणको अन्तिम खेल अन्तर्गत बिहीबार राति भएको खेलमा स्वीडेनलाई २–० ले हराउँदै अमेरिका समूह एफको विजेता बनेको हो । पहिलो खेलमा थाइल्याण्डलाई १३–० तथा दोस्रो खेलमा चिलीलाई अमेरिकाले ३–० ले पराजित गरेको थियो ।

     

    अमेरिकासँग पराजित भएको स्वीडेन समूह उपविजेता बन्यो । यस्तै समूह ई मा नेदरल्यान्ड्स अन्तर्गतको खेलमा क्यानडालाई २–१ ले पराजित गरेको नेदरल्याण्ड समूह विजेता बन्यो ।

     

    पराजित भएको क्यानडा उपविजेताका रुपमा अघिल्लो चरण गएको छ । यस्तै समूह ए को नाइजेरिया र समूह ई को क्यामरुन तेस्रो स्थानमा रहने उत्कृष्ट टिमका रुपमा अन्तिम १६ मा स्थान बनाएका छन् ।

    प्रतिकृया दिनुहोस