• समाचार

    छ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ५२ वर्षीय पुरुष पक्राउ

      ओमकार टाइम्स

    स्याङ्जा चापकोट नगरपालिकामा छ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ५२ वर्षीय पुरुष पक्राउ परेका छन् । चापाकोट नगरपालिका वडा नं २ बस्ने ५२ वर्षीय नामदेउ कुमालले ६ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले बताएको छ ।

    जिल्ला प्रहरी कार्यालय स्याङ्जा प्रवक्ता एमव् सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीका अनुसार अभिभावकसँग बाख्रा हेर्न गएकी वर्ष ६ बालकालाई जबरजस्ती करणी गरेको भन्ने जाहेरीको आधारमा पक्राउ गरेको छ। प्रहरीले कुमाललाई पक्राउ गरी करणी सम्बन्धी कसूर “जबरजस्ती करणी” मुद्दा दर्ता गरिएको बताएको छ । घटनाको सम्बन्धमा प्रहरीले जिल्ला अदालत स्याङ्जाबाट सात दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य गरिरहेको जनाएको छ।

    प्रतिकृया दिनुहोस