• समाचार

    निर्वाचनमा जानु प्रतिगमन हाेइन : प्रधानमन्त्री

      ओमकार टाइम्स

    सोमबार सिंहदरबारमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनमा जानु प्रतिगमन नभएको बताएका छन्। ‘वैशाख १७ र २७ गते चुनाव गराउँछु भनेर भनिरहेको छु, निर्वाचन आयोग त्यसको तयारीमा लागिरहेको छ । कुनै हालतमा गराउँदैन भनेर उहाँहरू राजनीति गर्नुहुन्छ कि ज्योतिषशास्त्र पढ्नुहुन्छ?,’ उनले भने, ‘जन्मकुण्डली पल्टाउनु हुन्छ कि राजनीति गर्नुहुन्छ? कस्तो भविष्यवाणी हो उहाँहरूको चुनाव हुदैन भन्ने ।

    हामी कोही उल्टो बाटो फर्किएका छैनौं।’ T ओलीले पुस ५ गते प्रतिनिधि सभाको विघटन गरेपछि नेकपाको प्रचण्ड-माधव पक्षलगायत अन्य दलहरूले यसलाई असंवैधानिक र प्रतिगमन भन्दै आएका छन् ।

    प्रतिकृया दिनुहोस