• अर्थ

    सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो

      ओमकार टाइम्स

    आज सुनको भाउ सामान्य घटेको छ भने चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सोमबारका लागि छापावाल सुनको भाउ तोलाको ९० हजार ७ सय कायम गरेको छ ।

    यस्तै तेजावी सुनको भाउ पनि सय रुपैयाँले घटेर ९० हजार २ सय कायम भएको छ । हिजो आइतबार तोलाको ९० हजार ३ सयमा कारोबार भएको थियो । ADVERTISEMENT आज चाँदीको मूल्य भने बढेको छ ।

    महासंघले आज सोमबारका लागि १३ सय ४० कायम गरेको छ । हिजो आइतबार तोलाको १३ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।

    प्रतिकृया दिनुहोस