• समाचार

    प्रदेश १ सरकारको वार्षिकोत्सव कार्यक्रम नेकपाको प्रचण्ड–माधव पक्षद्वारा बहिष्कार

      ओमकार टाइम्स

    विराटनगर :प्रदेश  नं  १ सरकारको वार्षिकोत्सव कार्यक्रम नेकपाको प्रचण्ड–माधव पक्षले बहिष्कार गरेको छ । मुख्यमन्त्री कार्यालय विराटनगरमा जारी कार्यक्रममा प्रमुख विपक्षी नेपाली कांग्रेसका प्रदेश नेता र पदाधिकारी पनि अनुपस्थित छन् । यसैगरी प्रदेश सभाका सदस्यको उपस्थिति पनि न्यून छ । ओली समूहका सांसदहरू र कांग्रेसकी बिन्दिया कार्कीमात्र कार्यक्रममा सहभागी छन् ।

    कार्यक्रममा प्रदेश सरकारले २३२ बुँदे उपलब्धि सार्वजनिक गरेको छ । प्रदेश प्रमुख सोमनाथ प्यासीले उपलब्धि समेटिएको पुस्तिका सार्वजनिक गरेका छन् । मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकार सफल रहेको दाबी गरे। प्रदेश १ का मुख्यमन्त्रीविरूद्ध उनकै दलले सदनमा अविश्वास प्रस्ताव दर्ता गरेपछि सरकार पक्षले नै प्रदेश सभा अवरोध गर्दै आएको छ।

    प्रतिकृया दिनुहोस