• अर्थ

    ६० हजार ८ सयले पाए सहुलियत कर्जा

      ओमकार टाइम्स

    काठमाडौं ।  उद्यमशीलताको विकास, उत्पादन अभिवृद्धि र रोजगारी सिर्जना गर्ने उद्देश्यले चालू आर्थिक वर्षमा परिमार्जनसहित कार्यान्वयनमा ल्याइएको सहुलियतपूर्ण कर्जा हालसम्म ६० हजार ८ सय ७९ जनाले ऋण पाएका छन् । कार्यक्रमबाट २०७७ पुस मसान्तसम्ममा ६० हजार ८ सय ७९ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ ।

    पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूको १ खर्ब ३७ करोड यस्तो कर्जा लगानीमा रहेको छ । यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत ३३ हजार ८ सय १७ ऋणीलाई ७६ अर्ब ५९ करोड कर्जा  प्रवाह भएको  भने सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत २७ हजार ६२ ऋणीको .२३ अर्ब ७७ करोड कर्जा बक्यौता छ ।कोभिड–१९ ले प्रभावित पेशा, उद्योग र व्यवसायलाई संरक्षण गर्नुको साथै कृषि र साना तथा मझौला र घरेलु व्यवसायलाई सहुलियत दिने उद्देश्यले पुनरसंरचना गरिएको पुनरकर्जाको नयाँ व्यवस्थाबाट २०७७ माघ मसान्तमा ८७ अर्ब ८७ करोड पुनरकर्जा स्वीकृति भएको राष्ट्र बैंकले जनाएको छ ।

     

    प्रतिकृया दिनुहोस