• समाचार

    ट्यांकरमा लुकाएर डिजेल भारततर्फ लैजाने तीन जना पक्राउ

      ओमकार टाइम्स

    वीरगञ्‍ज : ट्यांकरको च्याम्बरमा लुकाएर डिजेल भारततर्फ लैजाने चालकसहित तीनजना वीरगञ्जबाट पक्राउ परेका छन्। टयाँकरको च्याम्बरमा लुकाएर भारततर्फ डिजेल लैजाने टयाँकरका चालक मकवानपुर मनहरी गाउँपालिका ३ बस्ने राम कृष्ण उप्रेती, राकसीराग गाउँपालिका ३ बस्ने सहचालक अशोक पाख्रिन र वीरगञ्ज महानगरपालिका २२ मा रहेको स्वेता आलय ट्रेडर्सका मुन्सी शम्भु महतो रहेका छन्।

    ना ७ ख १५११ नम्बरको टयाँकरको च्याम्बरमा एक हजार लिटर र फ्युल ट्याङकमा ३६० लिटर गरी एक हजार तीन सय लिटर डिजेल स्वेता आयल ट्रेडर्सबाट भरेर भारततर्फ लैजादै गरेको अवस्थामा तीनैजनालाई पक्राउ गरिएको पर्साका प्रहरी प्रबक्ता मनोजित कुँवरले जानकारी दिए। जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले एकीकृत जाँच चौकी ९आईसपी०को मुलगेटमा चेकजाँच गर्ने क्रममा टयाँकरबाट डिजेल बरामद गरेको उनले बताए। ट्याङकर, डिजेलसहित तीनैजनालाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भईरहेको कुँवरले बताए।

    नेपालमा भन्दा भारतमा डिजेलको मुल्य महँगो पर्ने गरेको छ।नेपालमा डिजेलको मुल्य अहिले प्रति लिटर रु ९३ रुपैया ५० पैसा छ । त्यहि डिजेल भारतमा भने अहिले प्रति लिटर रु १३३ रुपैयाँ रहेको छ। नेपाल भन्दा भारतमा ३९ रुपैया ५० पैसा प्रति लिटर डिजेल महँगो पर्ने भएकोले नेपालबाट भारततर्फ डिजेल लगायत पेट्रोलियम पदार्थको तस्करी हुने गरेको छ।

    प्रतिकृया दिनुहोस