• विदेश

    ‘कू’ विरुद्ध प्रदर्शन गर्नेलाई २० वर्षको कैद सजाय म्यानमार सेनाको घोषणा

      ओमकार टाइम्स

    म्यानमारकाे सैनिक ‘कू’ को विरोध गर्नेहरूलाई २० वर्षको कैद सजाय तोकेको छ । अब म्यानमारमा प्रदर्शनकारीले सैनिक बलमाथि अवरोध पुर्याउनेलाई जेल सजाय हुने भएको छ ।   ‘कू’ गर्ने नेताको गाली बेइज्जती गरे र उनीहरुविरुद्ध घृणा फैलाउने कार्यमा सहभागी हुनेहरूको सजाय थप हुने र जरिवना पनि तोकिने भएको छ ।

    हालैका दिनमा म्यानमारमा हज्जारौं जनता सडकमा उत्रिएका छन् । प्रदर्शनकारीले आङ सान सुकीलगायत थुप्रै नेता रिहाका साथै प्रजातन्त्र पुनर्स्थापनाको  माग गरिरहेका छन् ।

    प्रतिकृया दिनुहोस