• समाचार

    नेपाली सेनाको बस दुर्घटना हुदा १० जना सैनिक घाइते

      ओमकार टाइम्स

    बाँकेको राप्ती सोनारी गाँउपालिका–२ मुगुवा खोलामा गएराति नेपाली सेनाको बस दुर्घटना हुँदा बसमा सवार १० जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।​

    प्रहरीका अनुसार सोलु नाम्चेबाट कालिकोट संशेर गुल्मको लागि हिँडेको ना ५ ख ५९१ नम्बरको बसमा नेपाली सेनाका क्याप्टेन उमेश राईसहित २३ जना सवार मध्ये १० जना घाइते भएका हुन् ।

    उक्त बसको गति अनियन्त्रित भई दुर्घटना भएको प्रहरीको भनाइ छ । सो दुर्घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४२ रिजर्भ गण बाँकेबाट तत्कालै एपीएफ टोली उद्धारको लागि खटिएको थियो ।

    प्रतिकृया दिनुहोस