• समाचार

    आज नेविसंघले तेलको मूल्यवृद्धिको विरोधमा प्रदर्शन गर्दै

      ओमकार टाइम्स

    काठमाडौं । इन्धनमा भएको मूल्यबृद्धिको विरोधमा आज नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल बिद्यार्थी संघले प्रदर्शन गर्ने भएको छ ।

    नेविसंघ सभापति राजीव ढुंगानाले सामाजिक सन्जालमार्फत इन्धनमा भएको मूल्यबृद्धि तथा बैतडीकी भागरथी भट्टको बलात्कारपछि हत्या प्रकरणमा पीडितलाई न्याय दिन दवावसहित आज विहान ९ बजे आआफ्नो क्याम्पस अगाडि प्रदर्शन गर्न अपील गरेका छन् ।

    ‘जनताको चूलो निभ्ने गरी भएको मूल्यबृद्धि, कांग्रेसको सभामा भएको आक्रमण, कम्युनिस्ट सर्वसत्ताबाद र ओली सरकारको सरकारी गुण्डागर्दीबिरुद्ध जन आवाज बुलन्द पारौं,’ उनले लेखेका छन् ।

     

    प्रतिकृया दिनुहोस