• समाचार

    सर्लाहीमा गुडिरहेको ट्याक्टरमा आगो लाग्यो ,दुई लाख रुपैयाँ बराबरको क्षति

      ओमकार टाइम्स

    जनकपुरधाम : सर्लाहीमा गुड्दै गरेको ट्याक्टरमा आगो लगेको छ । मुर्तियाबाट जिरायततर्फ जाँदै गरेको ना. १ त ७२८९ नम्बरको ट्याक्टरमा बरहथवा नगरपालिका ९ मुर्तियामा करेन्ट लागेर आगलागी भएको हो ।

    ट्याक्टरको ट्रलीमा उखुको भुस लोड गरिएको थियो । प्रहरीका अनुसार ११ हजार भोल्टको विद्युतको तारमा छुन गई करेन्ट लागेर आगलागी हुँदा ट्याक्टरको पछाडिको ट्रली र भुस पूर्ण रुपमा जलेको छ ।

    आगलागीबाट दुई लाख रुपैयाँ बराबरको क्षति भएपनि मानवीय क्षति नभएको सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिए । आगोलाई स्थानीय बासिन्दा र प्रहरी मिलेर नियन्त्रणमा लिएका थिए ।

    प्रतिकृया दिनुहोस