• अर्थ

    बुधबार सुन तोलाको ११ सयले घट्यो

      ओमकार टाइम्स


    नेपाली बजारमा बुधबार सुनचाँदीको मुल्यमा गिरावट आएको छ । आज छापावाला सुनको मुल्य तोलामा ११ सयले घटेर ८९ हजार ८ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    यसअघि मंगलबार छापावाला सुन तोलाको ९० हजार ९ सयमा कारोबार भएको थियो । त्यस्तै बुधबार तेजावी सुनको मुल्य प्रतितोला ८९ हजार ३५० रहेको छ । त्यसैगरी आज चाँदी पनि तोलामा २० रुपैयाँले घटेर प्रतितोला १३ सय ४० मा कारोबार भइरहेको छ ।

    प्रतिकृया दिनुहोस