• फिचर समाचार

    विप्लव नेतृत्वको नेकपाले चार दिने आन्दोलनका कार्यक्रम घोषणा, असार १० गते नेपाल बन्द

      ओमकार


    काठमाडौं : प्रहरीले आफ्ना जिल्ला नेतालाई नियन्त्रणमा लिएर हत्या गरेको भन्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले चार दिने आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।

     

    सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको प्रहरीको गोलीबाट बिहीबार ज्यान गएपछि पार्टीका महासचिव विप्लवले शुक्रबार एक विज्ञप्ति जारी गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको हो।

     

     

    विज्ञप्तिमा जनाएअनुसार असार ७ गते प्रचार प्रसार, ८ गते कोणसभा तथा घरदैलो, ९ गते मसाल जुलुस र १० गते नेपाल बन्दको घोषणा गरिएको छ।

    प्रतिकृया दिनुहोस