• खेलकुद

    दुई खेल अगावै एपीएफले जित्यो उपाधि

      ओमकार टाइम्स


    नेपाल एपिएफ क्लबले महिला राष्ट्रिय लिगको उपाधि जितेको छ । बुधबार नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीचको खेल १-१ को बराबरीमा सकिएपछि एपिएफ २ खेल अगावै उपाधि जितेकाे हाे । आज आर्मी र पुलिसबीच भएकाे खेलकाे पहिलो हाफको १७ औं मिनेटमा अमृता जैसीले गोल गर्दै पुलिसले अग्रता लिएको थियो ।

    दोस्रो हाफको ५३ औं मिनेटमा रश्मी कुमारी घिसिङले बराबरी गोल फर्काउँदै आर्मीलाई उपाधि होडमा कायम रहने आशा जगाएकी थिइन् ।  आर्मीको ११ खेलबाट २६ अंक भएको छ । १० खेल खेलेको एपिएफ ३० अंक जोड्दै च्याम्पियन बन्यो । पुलिस ११ खेलमा १५ अंकसहित चौथो स्थानमा छ । विराटनगरको ११ खेलमा १६ अंकसहित तेस्राे स्थानमा छ ।

    प्रतिकृया दिनुहोस