• स्वास्थ

    थप १ सय २५ जना काेराेना संक्रमित, ९१ जना काेराेनामुक्त

      ओमकार टाइम्स

    काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर १ सय २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै कुल संक्रमितको संख्या दुदुई लाख ७३ हजार ७० पुगेको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १ हजार ६ सय २१ रहेको छ। पछिल्लो २४ घण्टामा थप  ९१ जना कोरोना संक्रमणमुक्त भएका छन्।

    योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या दुई लाख ६९ हजार ३ सय ९४ पुगेको छ। योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २ हजार ५४ पुगेको छ।

    प्रतिकृया दिनुहोस