• समाचार

    पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा आयल निगम घेराउ

      ओमकार टाइम्स

    काठमाडौँ । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा नेकपाको दाहाल–नेपाल समूहनिकट विद्यार्थीले बिहीबार बिहान नेपाल आयल निगमको केन्द्रीय कार्यालय घेराउ गरेका छन् । नेकपाको भ्रातृ संगठन अनेरास्ववियुले बबरमहलस्थित निगमको केन्द्रीय कार्यालय घेराउ गरेको हो ।
    प्रदर्शनकारीले पेट्रोलियममा गरिएको मूल्यवृद्धि सरकारले तत्काल फिर्ता लिनुपर्ने भन्दै नारा लगाएका थिए । अनेरास्ववियुले प्रतिनिधिसभा विघटन र पेट्रोलियममा मूल्यवृद्धिविरुद्ध बिहीबार बिहान देशभरका क्याम्पसमा विरोध प्रदर्शन पनि गरेका थिए ।

    प्रतिकृया दिनुहोस