• मुख्य

    प्रदेशमा उठेका वैधानिक प्रश्नहरुको निरुपण गर्न सरकार तयार : मुख्यमन्त्री राई

      ओमकार संवाददाता

    विराटनगर/ प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशमा उठेका कानुनी र वैधानिक प्रश्नहरुको निरुपण गर्न सरकार तयार रहेको बताउनुभएको छ । शुक्रबार प्रजातन्त्र दिवसको अबसरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आयोजित बिशेष समारोहलाई सम्वोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रदेश १ मा संघीयताको मुटुका रुपमा रहेको प्रदेश संरचनालाई अस्थिरता र अराजकता तर्फ डो¥याउने कार्य भईरहेको बताउनुभयो ।

    उहाँले प्रदेश संरचनालाई बलियो र प्रभावकारी बनाउने जिम्मेवारी सबैको भएकाले सबै सहयात्री दललाई गम्भिर बनी गहिरो जिम्मेवारीका साथ भूमिका खेल्नु आग्रह समेत गर्नुभयो । मुख्यमन्त्री राईले आफु विरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव विधिसम्मत नभएको दाबी गर्दै अविश्वासको प्रस्ताव फिर्ता लिन आग्रह समेत गर्नुभयो ।

    आज प्रजातन्त्र दिवसको अवसरमा भने प्रदेश सरकारले विराटनगरको ट्राफिक चौकबाट निकालिएको प्रभातफेरी निकालेको थियो । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय पुगेर प्रभातफेरी मुल समारोहमा परिणत भएको थियो । मुख्यमन्त्रीको कार्यालय परिषरमा प्रदेश प्रमुख सोमथान अधिकारीले झण्डातोलन गरि प्रजातन्त्र दिवसको शुभकामना व्यक्त गर्नुभएको थियो ।

    प्रतिकृया दिनुहोस