• अर्थ

    सुनको मूल्य निरन्तर ओलारो लाग्दै, आज एक हजार रुपैयाँले घट्यो

      ओमकार टाइम्स

    काठमाडौँ : पछिल्लो केही दिनयता सुनको मूल्य निरन्तर ओराले लाग्दै गएको छ । आज नेपाली बजारमा सुनको मुख्य प्रतितोला एक हजार रुपैयाँले घटेको छ ।

    हिजो प्रतितोला ८९ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ८८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुनको मुल्य आज ८७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    यस्तै चाँदीको मूल्य पनि तोलामा ३० रुपैंयाले घटेर प्रतितोला १३ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदी प्रतितोला १ हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो ।

    प्रतिकृया दिनुहोस