• समाचार

    नेकपा प्रचण्ड-नेपाल समूहको केन्द्रीय कमिटी बैठक सुरु

      ओमकार टाइम्स

    नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड-नेपाल समूहको पार्टी केन्द्रीय कमिटी बैठक सुरु भएकाे छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएकाे बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो। केन्द्रीय सदस्यलाई शुक्रबार बिहान नागरिकतासहित उपस्थित हुन आग्रह गरिएको थियो । बिहीबार सबै केन्द्रीय सदस्यलाई फोन गरेर शुक्रबार बिहानै पेरिसडाँडामा उपस्थित हुन भनी सबैलाई आकस्मिक खबर गरिएकाे थियो ।

    पुस ५ गते नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि पार्टी दुई समूहमा विभाजित भएको छ । पार्टी विभाजनपछि आधिकारिकता दाबी गर्दै प्रचण्ड–नेपाल समूहले निर्वाचन आयोगमा निवेदन दिए पनि आयोगले आधिकारिकताको विषयमा निर्णय नगरेपछि आयोगलाई दबाब दिन बैठक बाेलाइएकाे बुझिएकाे छ । बैठकपछि केन्द्रीय सदस्यहरू नागरिकतासहित निर्वाचन आयोग जाने तयारी गरेको बताइएको छ । आयोगले माघ १२ गते नेकपाका दुवै समूहलाई आधिकारिता दिन नसकिने निर्णय गरेको थियो । त्यसपछि उक्त समूहले आफू नै आधिकारिकता भएको  निवेदन लिएर माघ २० मा आयोग गएका थिए ।

    प्रतिकृया दिनुहोस