• समाचार

    प्रदेश २ का प्रमुख तिलक परियार पदमुक्त

      ओमकार टाइम्स

    प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा पदमुक्त गरेकी छन् । देश नम्बर २ का प्रमुख परियारलाई पदमुक्त गरी उनको स्थानमा राजेश झालाई नियुक्त गरेकी छन् ।

    राष्ट्रपतिको कार्यालयले विज्ञप्ति जारी गर्दै मन्त्रिपरिषदबाट सिफारिस भएअनुसार संविधानको धारा १६५ को उपधारा १ को खण्ड ख बमोजिम परियालाई पदमुक्त गरिएको जनाएकाे छ । साथै संविधानको धारा १६३ को उपधारा २ बमोजिम राजेश झालाई प्रदेश प्रमुखमा नियुक्त गरिएको प्रेस विज्ञप्तिमार्फत जानकारी दिएकाे छ ।

    प्रतिकृया दिनुहोस