• राजनीति

    प्रधानमन्त्रीलाई प्रचण्ड-माधव पक्षले कालोझण्डा देखाउन खोज्दा प्रहरी हस्तक्षेप

      ओमकार टाइम्स

    विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओली जनसभाका लागि विराटनगर पुग्दा प्रचण्ड-माधव पक्षधर नेकपाका कार्यकर्ताले विरोध प्रदर्शन गरेका छन् ।

    विराटनगर विमानस्थलबाट नेकपाको आमसभास्थलतर्फ जान लाग्दा प्रचण्ड-माधव पक्षीय अनेरास्ववियूका नेता वसिम आलम सहितका कार्यकर्ताले कालोझण्डा देखाउँदै विरोध प्रदर्शन गरेपछि प्रहरीले हस्तक्षेप गरेको छ ।

     

    एयरपोर्ट मोडका दश बाह्रजना व्यक्तिले नाराबाजी गरेपछि उनीहरुलाई तितरबितर पारिएको प्रहरीले जनाएको छ । केहीबेर प्रहरी र प्रदर्शनकारीबीच झडप समेत भएको थियो ।

    प्रतिकृया दिनुहोस