वीरगञ्ज । किशोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा बारामा एकजना पक्राउ परेका छन् ।
घरमा कोही नभएको अवस्थामा गाउँकै १५ वर्षीया एक किशोरीलाई मेरो घरमा काम छ भनेर लगेर यौन दुर्व्यवहार गरेको आरोप लगाउँदै बाराको करैयामाई गाउँपालिका ५ बस्ने ४० वर्षीय महेन्द्र सहनीलाई पक्राउ गरेको हो ।
किशोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा सहनीलाई पक्राउ गरिएको प्रहरी निरीक्षक सुरेन्द्र यादवले जानकारी दिनु भएको छ ।आरोपी सहनी माथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस